हिमानी शाहद्धारा नागपोखरीमा छठ पूजा

हिमानी शाहद्धारा नागपोखरीमा छठ पूजा

१६ कात्तिक, काठमाडौँ ।
पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छन् । पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा अर्चना गरेकी हुन ।

छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्मिक संघ, संस्थाहरुको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रुपमा मनाईएको छ ।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने गर्दछ । विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको बताइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.