लिग्टको पहिलो गोल नै निर्णायक बन्यो

लिग्टको पहिलो गोल नै निर्णायक बन्यो

१७ कात्तिक, एजेन्सी ।
म्याथ्थिज डि लेग्टले युभेन्टसका लागि पहिलो र निर्णायक गोल गरेपछि इटालियन सिरी ‘ए’ मा टोरिनोले पराजय भोगेको छ ।

यहि सिजन डच क्लब अजाक्सबाट इटालियन सिरी ए क्लब युभेन्टस गएका युवा खेलाडी माथेज डी लिग्टले लिग अन्तर्गत शनिबार राति भएको खेलको ७० औँ मिनेटमा टोरिनोमाथि १–० को संघर्षपुर्ण जित निकालेक हुन् ।

क्रिष्टियानो रोनाल्डोले यो खेलको पहिलो हाफमा गोल गर्ने दुई राम्रा मौका बनाएका थिए तर उनी त्यसमा सफल हुन सकेनन् ।

इन्जुरी समयमा तोरिनोका ग्लेइसन ब्रेमेरले बराबरी गोल गरेका थिए । तर अफसाइड रहेका कारण उनको गोलले मान्यता पाएन । जितपछि शीर्ष स्थानको युभेन्टसको ११ खेलबाट २९ अंक भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.