१७ कात्तिक, एजेन्सी ।
सेमिफाइनल अघिको वार्मअपका क्रममा घाइते भएपछि राफेल नाडालले नखेल्ने निर्णय गरेका छन् ।
नाडालको यो निर्णयपछि क्यानडियन खेलाडी डेनिस शापोभालोभ फाइनलमा पुगेका छन् । वार्मअपका अन्तिम समयमा सर्विस अभ्यास गर्दा नाडालको पेटमा समस्या आएको थियो ।
यो इन्ज्युरीका कारण यो वर्षको अन्त्य शीर्ष वरीयतामा रहेर गर्ने नाडालको सपना अधुरो भएको छ । क्यानडियन खेलाडी शापोभालोभ पहिलो पटक एटिपी मास्टर्स प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
उपाधिका लागि उनले शीर्ष वरीयताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । जोकोभिचले सेमिफाइनलमा ग्रिगोर डिमिट्रोभलाई हराएका थिए । पेरिसमा छैटौं फाइनल खेल्न लागेका जोकोभिचले डिमिट्रोभलाई ७–६ र ६–४ ले हराए ।