१७ कात्तिक, काठमाडौँ ।
उदाउँदो सूर्यलाई अर्घ दिई आईतबार छठ पर्वको समापन गरिएको छ । यसै अवसर पारेर काठमाडौंको कमल पोखरीमा पनि सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा सम्पन्न गरिएको छ ।
काठमाडौं उपत्यका र विशेष गरेर तराईका जिल्लामा छठी माताको पूजा अर्चना गरि छठ पर्व मनाइएको छ । छठ पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई अघि दिई छठी माताको पूजा अर्चना गरिएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व सकिएको छ ।
यस वर्ष कमल पोखरीमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठीमाताको पूजा अर्चना गरेका थिए । छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।