एजेन्सी,कात्तिक १७
नेपाली चलचित्र ‘कृ’की अभिनेत्री अदिती बुढाथोकीले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । शनिबार उनले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेम सम्बन्धलाई इंगित गरेकी हुन् ।
उनी भारतीर्य यापर अलिम मोरानीको प्रेममा रमाइरहेको कुरा त्यसबाट स्पष्ट हुन्छ । सार्वजनिक तस्वीरमा अलिमसँग बिताएको सुन्दर समय भनी क्याप्सन राखेकी छिन् । तस्बिरमा प्रेमीसँग अदिती रोमान्टिक मुडमा देखिएकी छन् । इन्स्टाग्राममा तस्बिरकै कारण चर्चामा आउने अदितीलाई बधाई दिने तथा जोडी सुहाएको भन्दै धेरैले प्रतिक्रिया दिएका छन् । अलिमले गत वर्ष ‘लेट मि लाइभ’ नामक पहिर्लो याप गीत सार्वजनिक गरेका जुन निकै चर्चित बनेको थियो ।

बलिउडमा आफूलाई स्थापित गराउन लामो समयदेखि भारतको मुम्बईमा बसेर मोडलिङ गर्दै आइरहेकी अदिती चलचित्र ‘कृ’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन् । उनी त्यसयता नेपाली फिल्ममा देखिएकी छैनन् ।









