महरासँग थुनछेक बहस सुरु

महरासँग थुनछेक बहस सुरु

१७ कात्तिक, काठमाडौँ ।
जब्बरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आईतबार दिउँसो ११ बजेबाट उहाँको थुनछेक बहस सुरु भएको हो ।

गत शुक्रबार उनीलाई न्यायाधिश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारागार चलान हुने अदालतले आदेश दिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.