विश्वकप फुटबल छनोटको तयारीमा नेपाली टोली म्यानमार प्रस्थान

विश्वकप फुटबल छनोटको तयारीमा नेपाली टोली म्यानमार प्रस्थान

१७ कात्तिक, काठमाडौँ ।
विश्वकप फुटबल २०२२ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय टोली म्यानमार प्रस्थान गरेको छ।

नेपालले म्यानमारसँग नोभेम्बर ७ तारिखमा मैत्रिपुर्ण खेल खेल्दै छ। आइतबार अखिल नेपाल फुटबल संघले टोलीको विदाई गर्‍यो। विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपाल चार खेलबाट तीन अंक जोडेर चौथो स्थानमा छ।

नेपाल सम्मिलित समूह ‘बी’मा अस्ट्रेलिया तीन खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको जोर्डनको तीन खेलबाट सात अंक छ। कुवेतको तीन खेलबाट चार अंक छ। समूहमा पाँच टोली छन्।

प्रत्येक टोलीले हरेकसँग दुई दुई खेल खेलेपछि शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्। नेपालले छनोटको आगामी खेल घरेलु मैदानमा खेल्दै छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.