१७ कात्तिक, काठमाडौँ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाली ए डिभिजन क्लबलाई क्लब लाइसेन्स दिन अस्विकार गरेको छ।
एएफसीको यो निर्णयसँगै नेपाली ए डिभिजन क्लबले सन् २०१९ मा एएफसीका क्लब प्रतियोगिता खेल्न पाउने छैनन्। तोकिएका मापदन्ड पुरा नभएको भन्दै उसले लाइसेन्स दिन अस्विकार गरेको हो ।
नेपालका सबै १४ ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सका लागि आवेदन दिएका थिए।
नेपालका एपीएफ, नेपाल आर्मी, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज, न्युरोड टिम र च्यासल युथ क्लबले आवेदन दिएका थिए।










