सुनकोशीमा बस दुर्घटना : १० जनाको मृत्यु [अपडेट]

सुनकोशीमा बस दुर्घटना : १० जनाको मृत्यु [अपडेट]

१७ कात्तिक, सिन्धुपाल्चोक ।
दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बा२ खा ७२४५ नम्बरको यात्रुबहाक बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटे नजिकै सुनकोशी नदिमा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।

प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ३४ जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.