NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

एमसीसीसंगको खेलमा नेपाल यू-१९ टोली पराजित

आइतवार कार्तिक १७ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
एमसीसीसंगको खेलमा नेपाल यू-१९ टोली पराजित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ कार्तिक, काठमाडौं । नेपाल भ्रमण अन्तर्गत पहिलो खेलमा इंग्याण्डको टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको छ ।

जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको यू-१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रनमात्र जोड्न सक्यो । नेपालका लागि विकेटकीपर हरि बहादुर चौहानले सर्वा्धिक ५२ रन जोडे । ३९ औं ओभरको अर्ध शतक पुरा गरेका हरि ४० औं ओभरमा क्याच आउट हुन पुगेका थिए । कप्तान रित गौतम ४५ रनमा आउट भए । रित १९ ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा डिप स्क्वायर लेगमा क्याच आउट हुन पुगेका थिए ।

LS Auto

चौथो ओभरको तेस्रो बलमा स्क्वायर लेगमा क्याच आउट हुनु अघि ओपनर लोकेश बमले ४ चौका सहित १८ रनमा पेभिलिएन फर्के । खडक बहादुर बोहरालाई १२ ओभरको अन्तिम बलमा एड योङले २६ रनमा बोल्ड आउट गरे । विशाल विक्रम केसी १३ रनमा सर्ट मिड विकेट क्याच आउट भएका थिए । ३८ ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा अरुण ऐरी ३० रनमा क्याच आउट हुन पुगे ।

कुशल मल्ल १२ र प्रतिस जि.सी.५ रनमा आउट भए । आकाश चन्द र शेर मल्लले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै नेपाललाई विजयी स्कोरतर्फ अग्रसर गराएका थिए । आकाश ३० रन जोड्दै विकेटकिपरको हातबाट समातिए । शेर २८ रनमा नटआउट रहँदा सागर ढकालले १ रन जोडे । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले तीन ब्याट्सम्यानको अर्धशतकको मदतले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका ओपनर विल रोड्सले सर्वा्धिक ९३ रनको योगदान दिए । स्पिनर शेर मल्लले २१ औं ओभरमा क्याच आउट गराएपछि रोड्स शतक बनाउन चुकेका थिए । इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीले ६५ रन जोडे । कुशल मल्लको ३९ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा सागरबाट क्याच आउट हुन पुगे । माइल्स ह्यामन्डलाई ४७ ओभरको तेस्रो बलमा आकश चन्दले माइल्सलाई ६५ रनमा एलबी डल्लू आउट गरे ।

ओपनर बिली गोडलम्यान र विल रोड्सले १७ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै एमसीसीलाई उत्कृष्ट सुरुवात दिलाए । सागरले बिलीलाई १७ औं ओभरको अन्तिम बलमा २२ रनमा एलबी आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । शेरले कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा एलबी डब्लू आउट गराए ।

३७ औं ओभरको चौथो बलमा सागरले विल भान्डरसपारलाई अरुण ऐरीबाट २४ रनमा क्याच आउट गराए । एड योङ ४५ रनमा अविजित रहे । एडले अन्तिम ओभरमा हरि बहादुर चौहानलाई ३ छक्का प्रहार गरेका थिए । नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.