कटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

कटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

१७ कात्तिक, मोरङ ।
मोरङको कटहरी गाउँपालिका–२ बस्ने कृष्ण मण्डलका ४ बर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । धनपालथान गाउँपालिका–७ फुपुको घरमा बसेका बालक आइतबार दिउँसो पौने ३ बजेको समयमा आफँै खेल्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेर घाईते भएका थिए ।

उनलाई उपचारका लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोलीले थप अनुसन्धान सुरु गरेको रंगेली प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.