१७ कात्तिक, काठमाडौं ।
राष्ट्रपतिले सातै प्रदेशको प्रदेश प्रमुख पदमुक्त गरेलगत्तै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ ।
उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने गरीको एजेण्डा समावेश गरिएको छ ।
स्रोतका अनुसार सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको छ ।