आलममाथि मुद्दा चलाउने वा नचलाउने निर्णय आज गरिदैं

आलममाथि मुद्दा चलाउने वा नचलाउने निर्णय आज गरिदैं

१८ कार्तिक, रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको घटनाबारे प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाउने वा नचलाउने निर्णय आज हुँदैछ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले प्रतिवेदनमाथि अध्ययन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर(४ मा बम बिस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाएको थियो ।

रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम विष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहम्मदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टि भएको रौतहट प्रहरीका प्रवक्ता तथा डिएसपी नविन कार्कीले बताए । आलमसहित दस जनाविरूद्ध मुद्दा चलाउने राय प्रहरी प्रतिवेदनमा छ ।

दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहम्मदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार र भण्डारण गरी विष्फोट गराएको भन्दै आलमलाई मुद्दा चलाउनु पर्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ । त्यतिबेला मुलुकी ऐन लागू हुन्थ्यो उक्त ऐनमा मान्छेको मारेको अभियोग पुष्टि भए सबैभन्दा धेरै सजाय सर्वस्व जन्मकैद हुने व्यवस्था थियो।

त्यस्तै २०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिताअनुसार यातना दिएर मारेकोमा आलमलाई आजन्म कैद हुनुपर्ने माग पनि प्रतिवेदनमा गरिएको रौतहट प्रहरीका प्रवक्ता तथा डिएसपी नविन कार्किले बताएका थिए । आजन्म कैद भए उनी बाँचुञ्जेल जेलमा बस्नेछन् ।

प्रहरी प्रतिवेदनमा भएका तथ्य र प्रमाण हेरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउनेरनचलाउने निर्णय गर्नेछ । प्रमुख सरकारी वकिल कटुवालले सोमबारसम्म मुद्दा चलाउनेरनचलाउने निर्णय गरिने जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.