सरकारको अभियान ‘हरेक घरः ऊर्जा घर’

सरकारको अभियान ‘हरेक घरः ऊर्जा घर’

१८ कार्तिक, काठमाडौं । सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पु¥याउनसो अभियान संचालन गर्न लागिएको जानकारी दिएका हुन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले संचालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिए ।

दिगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने मन्त्री पुनको भनाई छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ भित्र करिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ ।

मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.