प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

१९ कात्तिक, दाङ ।
नेकपाकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ ।

सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।

गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.