जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

काठमाडौँ  : स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ ।जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो ।

विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख हुँदै वडा सदस्यसम्म गरी साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाइएको हो ।, यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.