बाँदर लखेट्न जाँदा बन्दुक पड्केर एक जनाको मृत्यु

बाँदर लखेट्न जाँदा बन्दुक पड्केर एक जनाको मृत्यु

१९ कात्तिक, ओखलढुङ्गा ।
ओखलढुङ्गाको मोलुङमा बाँदर लखेट्न जादा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर लाग्दा मृत्यु भएको हो ।

सोमवार दिउँसो स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटनापछि सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.