१९ कात्तिक, सिरहा ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा मंगलबार गाँउ पसेको बोउला स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोकको छ स्यालले दर्जन बढीलाइ टोकेपछि पुरै गाउँ नै आतंकित बनेको छ । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्किएको स्यालले लहान नगरपालिका ४ कुमहाल टोलमा १६ जना मानिसलाई टोकेपछि गाउँ नै त्रसित भएका छन् ।
एकाबिहानै सौचका लागी घर बाहिर निस्केका मानिसहरुलाई सेतो रंगको बहुला स्यालले टोकेपछि दर्जनौं महिला र पुरुष घाइते भएका छन । घाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर,५ वर्षिय मो. रेहान,५५ वर्षिय गुलाब देबी महतो रहेका छन् । यस्तै संन्जु देबी महतो , प्रदीप महतो,सुरजकुमार दास,नन्दनी मेस्तर ,रबिनाकुमारी मेस्तर,संजीवकुमार दास लगायत सामान्य घार्यते भएको वडाध्यक्ष रामनाथ पण्डितले बताए ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजाल र सशस्त्र क्याप लहानका डिएसपी अर्जुन सापकोटा सूचना पाए लगत्तै घटनास्थल पुगेका थिए । स्यालको टोकाईबाट घाईते भएका सबैको लहान अस्पतालमा उपचार भईरहेको अस्पतालका प्रमुख सुनिलकुमार कुशवाहाले बताए । टोक्दै हिडेको स्याल भने अझै नियन्त्रणमा आउन सकेको छैन ।