अर्घाखाँचीको नरपानीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

अर्घाखाँचीको नरपानीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

२० कात्तिक, बुटवल । अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । थप विवरण आउँन बाँकी रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.