महराले क्रिमिनल होइन नैतिक गल्ती गरेका छन्ः प्रचण्ड

महराले क्रिमिनल होइन नैतिक गल्ती गरेका छन्ः प्रचण्ड

२० कात्तिक, दाङ ।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् ।

प्रचण्डले निर्वतमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेकाले सजायको छिनोफानो अदालतले गर्ने बताएका छन् । महराबारे खुलेर प्रतिक्रिया नदिएका दाहालले महराकै निर्वाचन जिल्ला र निर्वाचित क्षेत्र दाङ आएर बुधबार यस्तो बताएका हुन्।

महराजीले क्रिमिनल अपराध त गर्नुभएको होइन, तर नैतिक गल्ती गर्नुभएकै हो,ु उनले भने। प्रेस संगठन नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महराले नैतिक गल्ती गरेको र सहि सूचना समेत आफूलाई नदिएको बताए।

उनले भने,ु महराको सबैभन्दा ठूलो गल्ती सही कुरा नबोल्नु र पार्टी नेतृत्वले छानविन गर्न खोज्दा पनि साथ दिनु भएन।ु उनले महरालाई अदालतलाई सघाउन समेत आग्रह गरेका छन् । ुमहराजी थुनामा गइसक्नुभयो, अब उहाँलाई पनि गल्तीको सजाय पाउनुपर्छ भन्ने लागेको होला,ु प्रचण्डले भने, ुयो गर्नु भनेको राष्ट्रलाई पनि सघाउनु हो।ु

महराका बारेमा सञ्चार माध्यमा समाचारहरु आएपछि आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई भेटेर सोध्न पठाएको तर, त्यहाँ महराले सत्य कुरा नगरेपछि स्वयम आफू महरालाइ भेट्न पुगेको खुलासा गरे । तर, आफूसँगको भेटमा महराले सत्य कुरा नबताएको प्रचण्डले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.