२० कार्तिक, जुम्ला । सशस्त्र प्रहरी गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको ‘अचानक’ मृत्यु भएको छ ।
बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको हो । ’मंगलबार राति सकुशल खाना खाएर सुत्नु भएको उहाँ बिहान शारीरिक अभ्यास गर्न नआएपछि खोजी गर्दा बेहोस अवस्थामा भेटिनुभएछ । अस्पतालले उहाँलाई मृत घोषित गरेको हो’, सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले भने। मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।