२० कात्तिक, काठमाडौँ ।
भारतले नेपाली भूभाग कालापानी र लिपुलेकसहितको आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक हप्ते संघर्षका कार्यक्रम घोषणा गरेको छ।
मसाल जुलुश प्रदर्शनदेखि भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने सम्मका संघर्षका कार्यक्रम तय गरिएको पार्टीका महासचिव विल्पवले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्तिक २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन, २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने र २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने संघर्षका कार्यक्रम तय गरिएको विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।