२१ कात्तिक, काठमाडौँ ।
नेपाल विरुद्धको तीन दिवसिय खेलमा मेरलीबोन क्रिकेट क्लव एमसीसी पहिलो पारीमा ३६४ रनमा अलआउट भएको छ । पहिलो दिन बुधबार ६ विकेट गुमाएर तीन सय ११ रन बनाएको एमसीसीले दोस्रो दिनको अरु चार विकेट ५३ रन थप्दा अलआउट भयो ।
उसका लागि एलेक्स थमसनले ३० रन बनाए भने यासिर अराफाटले ६४ रन बनाए । दोस्रो दिनको खेलमा करण केसीले ३ विकेट लिए भने सन्दिपले एक विकेट हात पारे ।
यसअघि पहिलो दिनको खेलमा एमसीसीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८७ ओभर सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो । खराब प्रकाशको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसी बलियो देखिएको हो ।
एमसीसीको पारीमा तीन खेलाडीले अर्धशतक बनाए । उसका विल रोड्स ७३ रन बनाए भने विल भान्डेर्सपारले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रन बनाए । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए ।
बिली गोडलम्यान १० रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले २ र २ विकेट लिएका थिए ।