२१ कात्तिक, विराटनगर ।
भारतले आफ्नो देशको नक्सामा नेपालको भूमि समेटेपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भईरहेका छन् । भारतले आफ्नो दादागिरी देखाउँदै नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा राखेको भन्दै नेपाल–भारत सीमा जोगवनीमा प्रदर्शन भएको छ ।
स्वतन्त्र युवा समूहको आयोजनमा बिराटनगरका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे,हाम्रो सीमाना मिचेको हो कि बेचेको, सरकार किन मौन छ ? लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा स्वतन्त्र युवा समूहका अध्यक्ष मो. हमिद आजाद , विद्यार्थी नेता वसिम आलम, सुरेश पोखरेल ,प्रकाश पोखरेल, स्वयम्भु कार्की, नविन निरौला लगायतका युवाले आफ्नो देशका सिमा रक्षाका लागि जस्तोसुकै कदम चाल्ने धारणा राखेका थिए ।
https://www.facebook.com/wasim.alam.7902/videos/2726374737421163/?t=2