२१ कात्तिक, उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
बिहीबार बिहान बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका–८ का ६० बर्षीया नम्रता थापालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएकी थापालाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएकोमा स्वास्थ्य केन्द्र र्पुयाउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।