२१ कात्तिक, विराटनगर ।
इटहरी उपमहानगरले महिला फुटबल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ । उपमहानगरले महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निशुल्क छात्रा फुटबल प्रशिक्षण सुरु गर्न लागेको छ ।
मंसीर १ गते देखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई,दुई जना छात्राको नाम खेलकुद शाखामा पठाउन माग गरिएको छ । सहभागि छात्राका लागि जर्सि र जुत्ताको उपमहानगरले ब्यवस्था गर्ने बताइएको छ ।
यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता गरिसकेको छ ।