२२ कात्तिक, भोजपुर ।
भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–२ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ ।
भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा बस ब्याक भई किच्दा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।