विप्लव समूहका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ

विप्लव समूहका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ

२२ कात्तिक, काठमाडौं । विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो ।

भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको जानकारी दिए ।

केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ । उनीबारे थप अनुसन्धानपछि कारबाही प्रक्रियाबारे टुंगो लाग्ने भक्तपुर प्रहरी प्रमुख प्रधानले बताए । पक्राउ परेका केसी विप्लव समूहका पूर्व केन्द्रीय सदस्य हुन् । उनलाई भक्तपुर र ललितपुर इञ्चार्जको जिम्मेवारीसमेत दिइएको थियो । तर, उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीले कारबाही गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.