‘प्रेमगीत ३’को शुभमुहूर्त : दक्षिणकालीमा पूजाआजा गर्दै कीर्तिपुरको सेटबाट छायाङ्कन सुरु

‘प्रेमगीत ३’को शुभमुहूर्त : दक्षिणकालीमा पूजाआजा गर्दै कीर्तिपुरको सेटबाट छायाङ्कन सुरु

२२ कात्तिक, काठमाडौँ ।
निर्माण अगावै निकै चर्चामा रहेको यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत ३’ को शुभमुर्हत गरिएको छ। बिहीबार बिहान काठमाडौँको दक्षिणकाली मन्दिरमा पूजा गर्दै काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो।

चलचित्रको छायाङ्कन मनाङ र काठमाडौँमा हुनेछ भने काठमाडौँमा छायाङ्कनको लागी सेट निर्माण गरिएको छ । निर्माता सन्तोष सेनले नेपालमा हुने भिएफएक्सको भर पर्न नसकेर मनाङको स्ट्रक्चरमा काठमाडौँमा सेट निर्माण गरेर बनाएका छन् । योसँगै चलचित्रमा केही प्रतिशत मात्र भिएफएक्स हुने र बाँकी नेचुरल हुने उनको भनाइ छ ।

चलचित्रमा प्रदीप खड्का र क्रिस्टिनाका गुरुङका अलावा फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । चलचित्रको लागी सेट निर्माण र अन्य खर्च ठुलो भएकाले बजेट ३ करोड नाघ्ने सेनले बताए ।

कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गर्ने ‘प्रेम गीत ३’ सेट निर्माण र अन्य खर्च ठुलो भएकाले बजेट ३ करोड नाघ्ने निर्माताले सेनले बताए ।निर्देशक गुरुङ र मन्दिप गौतमले यसको कथा लेखेका हुन् । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । आगामी चैत २८ लाई चलचित्रले प्रदर्शन मिति तोकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.