एकाविहानै खुल्लामञ्चलाई मानवसाङ्लोले घेरियो

एकाविहानै खुल्लामञ्चलाई मानवसाङ्लोले घेरियो

२३ कात्तिक, काठमाडौं। काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ । शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट  मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो ।

कार्यक्रममा  विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीय नागरिक, सामाजिक  अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।  भुकम्प पछि अस्थायी रुपमा प्रयोग गर्ने गरि खुलामंचको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थाई प्रकृतिका संरचना बन्न थाले पछि बिरोध हुदै आएको छ ।

यसरी खुलामंच अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले शनिबारबाट अभियान सुरु गरिएको बताएका छन् । अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो ।

खुलामंचलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ । खुलामंचमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ ।

यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भए पछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामंचमा राखिएको छ त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.