भारतले नेपालसंग निहुँ खोज्नुको कुनै तुक छैनःपर्यटनमन्त्री

भारतले नेपालसंग निहुँ खोज्नुको कुनै तुक छैनःपर्यटनमन्त्री

२३ कात्तिक, विराटनगर ।
सीमाबारे भारतले बखेडा झिकेर छिमेकी नेपालसँग निहुँ खोज्नुको कुनै तुक नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाई अनुसार लिम्पीयाधुराबाट उत्पत्ती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा प्रस्ट हुने उनले दाबी गरेका छन् ।

मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो हुन्छ’, ‘नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.