खलंगा बजारमा भीषण आगलागी

खलंगा बजारमा भीषण आगलागी

२३ कात्तिक,जुम्ला ।
खलंगाको मुख्य बजारमा रहेको एक होटलमा भीषण आगलागी भएको छ ।

शनिबार बिहान ९ बजे होटल नेवा किचनको माथिल्लो तलामा आगलागी भएको हो । आगो लागेको ५ मिनेटमै चन्दननाथ नगरपालिकाको दमकल त्यहाँ पुगेपछि आगो निभाइएको छ ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफैले आगो लागेको देखेपछि तत्काल सुरक्षा अधिकारीहरुलाई खबर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयबाट एक घर पर रहेको होटलमा आगो लागेको देखेपछि प्रजिअ बञ्जाडेले तत्काल मेयर कान्तिका सेजुवाललाई सम्पर्क गरेकाले दमकल ५ मिनेटमै घटनास्थलमा पुगेको बञ्जाडेले जनाए।

आगलागीबाट होटलको माथिल्लो तला पूर्ण रुपमा जलेको र क्षतिको यकिन विवरण प्रहरीले संकलन गर्दै गरेको प्रहरी नायब उपरीक्ष (डीएसपी) कलालबहादुर धामीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.