NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

तीन जनाको विभत्स हत्याः शव र हत्यारा दुवैको पहिचान भएन

शनिबार कार्तिक २३ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
तीन जनाको विभत्स हत्याः शव र हत्यारा दुवैको पहिचान भएन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ कात्तिक, गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु ।

चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान तीन वटा शव भेटिएका थिए । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला, ११ र सात सात वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो । तर, अहिलेसम्म पनि न त शवको पहिचान हुनसकेको छ, न त हत्यारा नै पत्ता लागेको छ ।

Advertisement

शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको ख¥र्यान पर्छ । जहाँ उनी दैनिकरुपमा घाँस, दाउराका लागि जानुपर्छ । तर, घटना थाहा पाएपछि भने उनी ख¥र्यानमा जान सकेकी छैनन् । घरमा वृद्ध बुढाबुढी मात्रै बस्ने उनको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेका छ ।

“घरमा बुढाबुढी मात्रै छौँ, कतैबाट आएर मार्छन् कि भन्ने डर लाग्छ”, उनले भनिन्, “घरबाट निस्कन पनि डर लाग्छ, तर काम नगरे खर्च चल्दैन ।” यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन । पातलो बस्ती भएको र प्रहरीचौकी पनि नजिकमा नभएकाले आफूहरुलाई झन् त्रसित बनाएको उनले बताइन् ।

सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ । “घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो ।” उनले भने,“छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु प¥र्यो ।” त्यसका साथै उनले महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन बढी त्रास रहेको बताए ।

स्थानीय युवा किरण हमालले दुई हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए। अधिकांश घटना गुमनाम बनाइने भन्दै उनले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गरे ।

“गाउँ त्रासमा छ, न त शवको पहिचान भएको छ र न त हत्यारा नै पत्ता लाग्न सकेको छ”, उनले भने, “यसम्बन्धमा भएको अनुसन्धानबारे पनि हामी अनविज्ञ छौँ ।” हमालले यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप लगाए । शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन । झाडी र अप्यारो भिर मात्र । तर, शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् ।

गुल्मी र वाग्लुङका प्रहरीको सहकार्य जरुरी

शव भेटिएको स्थान गुल्मी र बागलुङको सिमाना नजिकमा पर्छ । शव भेटिएको स्थानबाट करीब आधा घण्टाको पैदलयात्रापछि बागलुङको गलकोट नगरपालिकामा पुगिन्छ । त्यहाँ अत्यधिक मात्रामा लागुऔषधको खेती हुने गर्दछ । उक्त ठाँउबाट शव भेटिएको स्थान हुँदै गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर र विश्वुखर्कतर्फ जाने सडक छ ।

जङ्गलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ । यसरी दुई जिल्लाको सिमानामै शव फेला परेकोले विशेष गरी गुल्मी र बागलुङका प्रहरीको सहकार्य हुनुपर्ने नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका सचिव टोपलाल अर्यालले बताए । “यस घटनामा गुल्मी प्रहरीको मात्रै आशा गरेर हुँदैन, किनकि घटना सिमानामा घटेको छ”, उनले भने, “स्थानीयसँगको समन्वयमा दुवै जिल्लाका प्रहरीले अनुसन्धान गर्नु आवश्यक छ ।”

शव पहिचानमा केन्द्रित छौँः प्रहरी

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया बताए । दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको बताए । उनले बागलुङको गलकोट, बूर्तिवाङ, पाल्पाको प्रहरीलगायतका प्रहरी कार्यालयसँग सम्पर्क भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले गुल्मी र बागलुङका प्रत्येक गाउँपालिका, वडाकार्यालय, विभिन्न विद्यालयलगायतका सङ्घ संस्था तथा समुदायसँग समन्वय गरिरहेको जानकारी दिए ।

उनीहरुले लगाएको कपडा हेर्दा बागलुङ पश्चिम, रुकुम पूर्व वा ढोरपाटन क्षेत्रको हुनसक्ने अनुमान गरिएको बताए । शवको पहिचान र हत्यारा पत्ता नलागुञ्जेलसम्म आफूहरुको अनुसन्धान जारी रहने उनले बताए ।

यसरी रहस्यमय बन्दै घटना

यसम्बन्धमा गुल्मी प्रहरीले हुलिया तयार पारी कसैका परिवारका सदस्य भए प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । गुल्मीको साथसाथै बागलुङलगायत विभिन्न जिल्लाका प्रहरी कार्यालयमार्फत आग्रह गरेपनि अहिलेसम्म कसैले कतै पनि आफन्त हराएको सूचना प्रहरी कार्यालयमा दर्ता गराएका छैनन् । जसले गर्दा मृत भेटिएका महिला र बालिकाको पहिचानमा समस्या हुनुका साथै घटना पनि रहस्यमय बन्दै गएको छ । गुल्मी, पाल्पा, स्याङ्जालगातका छिमेकी जिल्ला कही पनि सो हुलिया मेल खानेगरी उजूरी परेको छैन ।

शव नजिकै घन फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले शव हत्या गरेर फालिएको देखाएको छ । महिलाको मुहारदेखि टाउकोसम्म गम्भीर चोट लागेको थियो । शव पनि सडकभन्दा चार मिटर तल झाडिमा भेटिएको थियो । नजिकैमा कुनै बस्ती नभएको र छाडी भएकाले हत्या केही दिन पहिले नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले एक बालिकाको शव नजिकै एउटा ह्यामर पनि फेला पारेको थियो । ह्यामरलाई गाउँघरको भाषामा घन भनिन्छ । यो ढुङ्गा फुटाउने काममा प्रयोग हुन्छ । १२ वर्षीया बालिकाको शव नजिकै रगत पनि देखिएको थियो । तीनवटा शव फेला पर्नु, शव नजिकै रगत देखिनु, ह्यामर अर्थात् घन फेला पर्नु, महिलाको अनुहारदेखि टाउकोसम्म चोट लाग्नुजस्ता कारणले हत्या नै भएको हुनसक्ने गुल्मी प्रहरीका सूचना अधिकारी घलेले जानकारी दिए ।

पाल्पा जिल्ला अस्पतालमा शव

तीन वटै शवलाई प्रहरीले पाल्पा जिल्ला अस्पतालमा राखेको छ । गुल्मी जिल्ला अस्पतालमा शवको परीक्षण गरी सुरक्षित राख्नका लागि पाल्पा जिल्ला अस्पतालमा पठाएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरी र अस्पतालको समन्वयमा केही दिनपछि शव जलाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ । रासस

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.