सर्वदलीय बैठक : सीमाबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्रीलाई नेताहरुको सुझाव

सर्वदलीय बैठक : सीमाबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्रीलाई नेताहरुको सुझाव

२३ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले नेपाली भूभाग भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।

शनिबार बालुबाटारमा बसेको बैठकमा उनीहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका हुन् । सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए। बैठकमा भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीलाई नै सम्पर्क गरेर राजनैतिक आयोग बनाएर समाधान गर्नुपर्छ। सीमा विवादको समाधान राजनीतिक तहबाटै गर्नुपर्छ।’ बाबुरामले राष्ट्रियताको सवालमा सबै दल एकमत हुनुपर्नेमा समेत जोड दिए। उनले सुरुका नक्सा, २०१५ सालको चुनाव र २०१८ सालको जनगणनालाई आधार बनाएर समाधान खोज्नुपर्नेमा पनि जोड दिए।

त्यसैगरी सीमा विवादको विषयमा भारतीय राजदूतको धारणा बुझ्नुपर्ने सुझाव राप्रपा (संयुक्त)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले दिए। सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भूमि रक्षाका लागि प्रतिवद्ध हुनुपर्नेमा जोड दिए। उनले परराष्ट्र सचिवको बैठक बोलाउनुपर्ने बताए।  ‘भारतको नक्सामा समेटिएको क्षेत्र नेपालको भूमी भन्नेमा विवाद छैन। भूमी रक्षाका लागि नेपाल प्रतिवद्ध हुनुपर्छ’, थापाले भने ।

भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ । त्यसको नेपालमा चर्को विरोध भइरहेको छ । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ । तर भारतले आफ्नो भूभागलाई समेटेर नक्सा जारी गरेको स्पष्टीकरण दिएपछि प्रधानमन्त्रीले सार्वपक्षीय बैठक बोलाएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.