२३ कात्तिक, विराटनगर ।
पुसेट क्याम्पसको प्राविधिक विद्यार्थी संघ (अनेरास्ववियू)का विद्यार्थीले भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । विद्यार्थीहरुले भारतले जारी गरेको नक्सामा नेपाली भूमि समेटिएको भन्दै शनिबार विराटनगरमा भारत विरुद्ध प्रदर्शनसँगै उनीहरुले नक्सा जलाएका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीले भारतीय विस्तारवाद मुर्दावाद,गो ब्याक इन्डिया, कालापानी हाम्रो हो भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिव वसिम आलमले भारतले नक्साबाट नेपाली भूमि हटाएर गल्ती नसुधारे उल्टो गिन्ती सुरु हुने बताए ।
अनेरास्ववियू विराटनगर सचिव नविन निरौलाको संयोजकत्वमा भएको प्रदर्शनमा अखिल क्रान्तिकारी तथा अनेरास्ववियुका विभिन्न व्यक्तिहरुले भारतलाई दबाबस्वरुप आफ्ना भनाई राखेका थिए ।