‘मोहम्मद डे’मा विराटनगरमा मुस्लिम समुदायको बृहत र्‍याली (फोटो फिचरसहित)

‘मोहम्मद डे’मा विराटनगरमा मुस्लिम समुदायको बृहत र्‍याली (फोटो फिचरसहित)

२४ कात्तिक, बिराटनगर ।
नेपालसहित विश्वभरका ईस्लाम धर्मालम्वीहरुले ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४ सय ४१ औं जन्म जयन्ती अर्थात ‘मोहम्मद डे’ मनाइरहेका छन् । विराटनगरका ईस्लाम धर्मालम्वीहरुले पनि आईतबार भव्यताका साथ ‘मोहम्मद डे’ मनाएका छन् ।बिराटनगरमा रहेका मुस्लिम समुदायले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्याली निकालेका छन् ।

विराटनगरको बी प्लटमा रहेको मस्जिदबाट निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा इस्लाम धर्मालम्बीहरुको ठूलो सहभागिता रहेको थियो । हजरत मोहम्मदको जन्म ईस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

 

मोहम्मदको जन्मदिनमा बिभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने मुस्लिम धर्मगुरुहरु बताउँछन् । उनीहरुले आजको दिन मुस्लिम समुदायले मनाउने अन्य पर्वहरु भन्दा ठूलो पर्व रहेको बताएका छन । मोहम्मद डे का दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाइने, यो दिन बृहत र्याली निकालिने र बिभिन्न परिकारका भोजन गरिन्छ । हजरत मोहम्मद पैगम्बरले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाईचारा अभिबृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्वपूर्ण रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.