सीमा विवाद समाधान गर्ने सरकारलाई महत्वपूर्ण अवसर

सीमा विवाद समाधान गर्ने सरकारलाई महत्वपूर्ण अवसर

२४ कात्तिक, काठमाडौँ ।
प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन । सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको यथेष्ट प्रमाण नेपालसँग रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका हुन् ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका नेकपामा नेता रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली भूमि कालापानीमा भारतीय सुरक्षा बल हटाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले उपयुक्त अवसर प्राप्त भएको बताए । उनले नेपालले ती समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता यादवले उच्च स्तरीय राजनीतिक नेतृत्वबीचको वार्ताद्धारा नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपालसँग आफ्नो मिचिएको भूमि भारतबाट फिर्ता लिन यथेष्ट प्रमाण रहेको पनि उल्लेख गरे । नेता यादवले दुई मुलुकबीचको सीमा समस्या विगत देखिनै रहेको उल्लेख गर्दै दुई तिहाई मत सहितको बलियो सरकारले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.