प्रदेश १ का सांसदका लागि विराटनगरमा संचार सीप कार्यशाला

प्रदेश १ का सांसदका लागि विराटनगरमा संचार सीप कार्यशाला

२४ कात्तिक, विराटनगर ।
१ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले पत्रकारले लेख्ने समाचार यथार्थ नहुँदा व्यवस्था र सिस्टम प्रभावित हुनसक्ने बताएका छन् । पत्रकारहरुले लेखेका कतिपय समाचारले व्यवस्थालाई नकारात्मक अवस्था सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ पत्रकारहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

इनोभेटिभ भिजनको आयोजनामा विराटनगरमा आइतबार आयोजित प्रदेश नं. १ का सांसदहरुका लागि संचार सीप तथा सामाजिक सञ्जालका विविध आयाम विषयक कार्यशाला गोष्ठीमा सभामुख भण्डारीले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुईटेलले जनप्रतिनिधिहरुले पनि अहिलेको सामाजिक संजाल तथा मिडिया प्रयोगमा ध्यान दिनुपर्ने बताए । कार्यशाला २ दिनसम्म चल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.