सीमा विवाद : सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार

सीमा विवाद : सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार

२४ कात्तिक, काठमाडौं ।
कालापानी क्षेत्रलगायतका सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ । नेपाल भ्रमणमा आउन लागेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणपछि लगतै बैठक बस्ने भनिएपनि मिति भने तय भएको छैन ।

अहिले भारत वार्तामार्फत नेपालको चासो सम्बोधन गर्न सकारात्मक रहेको मन्त्रालय स्रोतको दाबी छ । त्यसकै लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्नेछ ।
भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखिसकेको छ । भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले समेत विदेश सचिव गोपाल गोख्लेलाई भेटे नेपालको चासो राखेका थिए । हालै भएको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगले पनि कालापानी र सुस्ताको सीमा विवादबारे छलफल गर्ने अधिकार यो संयन्त्रलाई दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.