आलमको पक्षमा आजबाट ३१ जना कानुन व्यावसायीहरुले बहस गर्ने

आलमको पक्षमा आजबाट ३१ जना कानुन व्यावसायीहरुले बहस गर्ने

२५ कार्तिक, रौतहट । हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको प्रतिबादीको तर्फबाट बहस सुरु भएको छ ।

थुनछेक बहस गर्न बाँकी रहेका दुई जनाले थुनछेक बहस नगरेपछि आजबाट प्रतिबादीको तर्फबाट बहस सुरु भएको हो । कानुन व्यावसायी शेरबहादुर केसीलगायत ३१ जना कानुन व्यावसायीहरुले बहस गर्न वकालत नामा पेश गरेका छन् ।

यसअघि रौतहट जिल्ला अदालतले तीन दिन लगाएर आलमसँग बयान लिएपछि बिहीबारबाट थुनछेक बहस थालेको थियो । शुक्रबार सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट सात जनाले बहस गरेका थिए । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.