प्रधानमन्त्री ओलीको दृढता : ‘अतिक्रमित भूमि फिर्ता हुन्छ ‘

प्रधानमन्त्री ओलीको दृढता : ‘अतिक्रमित भूमि फिर्ता हुन्छ ‘

२५ कात्तिक, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सोमबार बिहान आफ्नै सरकारी निवास वालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराए । ‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ, प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’

बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाईसकेको छ । उता, भारतले पनि सो समस्या समाधानका लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिईसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.