२५ कात्तिक, काठमाडौँ ।
‘पर्यटन भ्रमण वर्ष २०२०’लाई लक्षित गर्दै ठमेल विकास परिषद्को नेतृत्वमा काठमाडौको ठमेल क्षेत्रमा अनुगमन गरिएको छ ।
ठमेल क्षेत्रलाई सुन्दर र सुरक्षित बनाउन आईतबार राती ठमेल विकास परिषदका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष राजुमान डङोल, महासचिव ध्रुव अधिकारी, स्रोह्रखुट्टे प्रहरी वृत्त, दरमार्गका प्रहरी वृत्त सहितको टोलिले अनुगमन गरेको हो ।
टोलीले सडक बालबालिकालाई व्यवस्थापन गर्ने ,फुटफाथ ब्यापार तथा अव्यवस्थित पार्किङ्ग हटाउने, तेस्रो लिङ्गीलाई त्यस क्षेत्रबाट हटाउने अवधारणा अघि सारेको महासचिव अधिकारीले जानकारी दिए । अनुगमन पश्चात स्थानीयबासीले खुसी व्यक्त गरेका थिए ।