२६ कार्तिक, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका १ फलाँटे बस्ने ४५ बर्षीया भरि माया राईको रुखबाट लडेर मृत्यु भएको छ ।
सोमवार दिउँसो घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर घाईते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको ईलाकाप्रहरी कार्यालय कटारीले जनाएको छ ।