अनसनरत डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

अनसनरत डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

२६ कार्तिक, काठमाडौं । विगत ९ दिनदेखि डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीको समर्थनमा मंगलबार काठमाडौंमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरुले प्रदर्शन गरेका हुन् ।

शिक्षण अस्पतालदेखि महाराजगन्ज चोकसम्म पुगेर र्याली कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले डा. केसीको माग तत्काल पूरा गरी उनको जीवनरक्षा गर्न सरकारसँग माग गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.