विराटनगरमा हतियारको बिगबिगी,पेस्तोलसहित एक ब्यक्ति पक्राउ

विराटनगरमा हतियारको बिगबिगी,पेस्तोलसहित एक ब्यक्ति पक्राउ

२७ कात्तिक, विराटनगर ।
विराटनगरबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती विराटनगर–१५ स्थित न्यू देउराली होटल अगाडीबाट सोही ठाउँमा बस्ने नरसिंह भन्ने दीपक गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

राती ८ बजे सो होटल अगाडी दक्षिणबाट उत्तरतर्फ आउदै गरेका गुरुङलाई शंका लागि चेकजाँच गर्दा हरियो रंगको हाते झोला भित्र म्याजिक लेखिएको कालो टेपले बेरिएका कार्टुनमा १ थान पेस्तोल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त पेस्तोल बरामद गरी निजलाई तत्काल पक्राउ गरी मुलुकी अपराध ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.