पाँचथरमा टिपर दुर्घटना : २ जनाको मृत्यु

पाँचथरमा टिपर दुर्घटना : २ जनाको मृत्यु

२७ कात्तिक, पाँचथर ।
पाँचथरको हिलिहाङ गाउँपालिका–४ मा भएको टिपर दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ ।

मंगलवार राती साँढे ८ बजेको समयमा रसुवा कन्ट्रक्सन प्रा.लिको बा २ क २९९० टिपर सुभाङबाट काम सकेर ४ नम्बर क्याम्पमा राख्नको लागी जाँदै गर्दा सालिङगे स्थितमा आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक धार्दिङका २५ बर्षीय बिनोद तामाङ र सोही कम्पनीका स्टोर किपर हिलिहाङ गाउँपालिका–१ का २३ बर्षीय भिम तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.