तमोर नदीले बगाएर १ जना बेपत्ता

तमोर नदीले बगाएर १ जना बेपत्ता

२८ कात्तिक, धनकुटा ।
धनकुटा नगरपालिका–८ चुलिवनका २० बर्षीय सोच कुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक नदिले बगाउँदा उनी बेपत्ता भएका हुन् ।

बेपत्ता भएका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरिहेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.