उद्योगपति रुप ज्योतिलाई रिहा गर्न काठमाडौंमा मौन जुलुस

उद्योगपति रुप ज्योतिलाई रिहा गर्न काठमाडौंमा मौन जुलुस

२८ कार्तिक, काठमाडौं । उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडांैमा मौन जुलुस निकालेका छन् ।

सुध्रिने मौकासमेत नदिई पूर्व अर्थराज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गर्दै बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् ।

उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्नेलगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन सो मौन जुलुससहितको शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा करोडौं ठगी गरेको आरोपमा गत कार्तिक २१ गते बिहीबार पक्राउ गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको आह्वानमा आयोजना गरिएको मौन जुलुसमा व्यवसायीहरुले व्यवसायीहरुलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.