२८ कात्तिक, काठमाडौं ।
निजामती सेवा कर्मचारीको अवकास हुने उमेर हद ६० वर्ष कायम गरिएको छ। बिहबिार बसेको संसद्को राज्य व्यवस्था समितिका बैठकले अवकासका लागि ६० वर्षे उमेर हद राख्ने निर्णय गरेको हो। संघीय निजामती सेवा ऐनको विधेयकमा यो प्रावधान राख्ने निर्णय गरेपछि उमेर हदको विवाद टुंगिएको हो। अब यो विधेयक संसदमा प्रस्तुत हुनेछ।
अवकाशका लागि ६० वर्ष उमेर हद भएपछि कर्मचारीको अवधि स्वतः दुई वर्ष थपिने भएको छ । हालसम्म कर्मचारीको अवकाशका लागि उमेरहद ५८ वर्ष थियो। २०४९ सम्म अवकाशका लागि उमेर हद ६० वर्ष रहेकोमा यसलाई संशोधन गरेर ५८ वर्षमा झारिएको थियो। त्यो प्रावधानका कारण थुप्रै कर्मचारीले अवकाश पाएका थिए। निजामती सेवामा करिब ९० हजार कर्मचारी छन्।
राज्य व्यवस्था समितिका सदस्य डिला संग्रौलाले कर्मचारीको उमेर हदसम्बन्धी विवाद टुंगो लागेको बताइन्। सरकारी सेवामा रहेका अन्य कर्मचारीको अवकाश उमेर हद साठी रहेकोले एकरुपता ल्याउन साठी र्पुयाइएको हो।