कर्मचारीहरुको सेवा अवधि ६० वर्ष कायम

कर्मचारीहरुको सेवा अवधि ६० वर्ष कायम

२८ कार्तिक, काठमाडौं । निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो ।

निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पुर्याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए । तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्याइनेछ ।

पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताए ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो । बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिने सहमति पनि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.